राजनीति

एमालेभित्रको विवाद सहमति नजिक, भोलि टुंगो लगाउने कार्यदलको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १४:४८
एमालेभित्रको विवाद सहमति नजिक, भोलि टुंगो लगाउने कार्यदलको तयारी (भिडियो रिपोर्टसहित)

२३ असार २०७८ काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद समाधानउन्खुम भएको छ। विवाद समाधान कार्यदल एकताको सहमति नजिक पुगेको छ।

अब, कार्यदलमा रहेका नेताहरूले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिलाई अन्तिम रुप दिने तयारी गरेका छन्।

आज सिंहदरबारमा बसेको बैठक निष्कर्ष नजिक पुगेकाले भोलिको बैठकलाई अन्तिम बनाउने भन्दै कार्यदलमा रहेका नेताहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । अहिलेसम्मको छलफलका आधारमा भोलि टुंगो लाग्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै कार्यदलमा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले छलफल सकारात्मक रुपले अगाडी बढेको प्रतिक्रिया दिनुभयो । पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गरेर अन्तिम टुंगो लगाइएने नेम्वाङले जानकारी दिनुभयो ।

कार्यदल बैठकपछि पत्रकारसँग कार्यदलमा नेपाल–खनाल पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाबारे आफूहरुले चाहे अनुसारको भाषामा सहमति नजिक पुगेको विष्टले बताउनुभयो ।

सोमबारदेखि नेकपा (एमाले)को कार्यदल सक्रिय छ । अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्