Political Hightlights

पार्टीको १४औं महाधिवेशनमा उपसभापति वा महामन्त्रीमध्ये एकमा उम्मेदवारी दिन्छु : सहमहामन्त्री महत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २३ गते १४:२८
पार्टीको १४औं महाधिवेशनमा उपसभापति वा महामन्त्रीमध्ये एकमा उम्मेदवारी दिन्छु : सहमहामन्त्री महत (भिडियो रिपोर्टसहित)

२३ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा उपसभापति र महामन्त्रीमध्ये एक पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर उपसभापति र महामन्त्रीमध्ये कुन पद टुंगो भनेर टुंगो मात्रै नलागेको उहाँको भनाइ छ । आफू छलफलमा रहेको र औपचारिक घोषणा टिम बनेपछि गर्ने पनि महतले जानकारी दिनुभयो ।

नेता महतले आफू पार्टीकै नेतृत्व गर्न योग्य भए पनि अग्रज नेता हुँदाहुँदै अगाडि बढ्न नसक्ने बताउनुभयो । अहिले पार्टीको नेतृत्व गर्न शेरबहादुर देउवानै सबैभन्दा उपयुक्त भएको पनि महतले दावी गर्नुभयो ।

विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले गरिरहेको भेटघाटले राम्रो सन्देश नदिएको पनि उहाँले टिप्पणी गर्नुभयो । अहिले नै सबैले नेतृत्व दावी गर्ने हो भने समस्या हुने महतको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्