Political Hightlights

माओवादी केन्द्र अवैधानिक भन्दै बादल समूहद्वारा निर्वाचन आयोगमा उजुरी दिँदै

हिमालय टिभी
२०७८ असार २३ गते १३:१७

२३ असार २०७८ काठमाडौं । माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिंदै छन् ।

२०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा उजुरी दिन लागेको हो हो । उजुरी दिन बादलसहित एमालेमा लागेका पूर्व माओवादी नेताहरु आयोग पुगेका छन् ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका लिलाबहादुर थापा, रामचन्द्रम मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका नेताहरु आयोग पुगेका हुन् ।

सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको थियो ।

त्यही कारणका उनीहरुको सांसद पद गयो । अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरुको पद गएको भन्दै आयोगमा उजुरी दिन लागिएको हो ।

निर्वाचन आयोगमा उजुरी दिएपछि सर्वोच्च अदालतमा पनि नेकपा माओवादी केन्द्रको वैधानिकताबारे रिट दिनेबारे कानूनविद्सँग छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *