Main News

दुर्लभ वन्यजन्तुको अवैध कारोवार र सट्टेबाजीमा संलग्न चार चिनियाँ नागरिक पक्राउ

हिमालय टिभी
२०७८ असार २२ गते १८:५६
दुर्लभ वन्यजन्तुको अवैध कारोवार र सट्टेबाजीमा संलग्न चार चिनियाँ नागरिक पक्राउ

२२ असार २०७८ काठमाडौं । दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौंको ज्याठा गल्लीभित्र चिनियाँ नागरिकले सञ्चालन गरेको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनिया नागरिकहरुले दुर्भल वन्यजन्तुको अखेटोपहारको अवैध कारोवार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी गराउने गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका चिनियाँ नागरिकका बारेमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी महोत्तरीका जितेन्द्र साहको थानकोटमा हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा थानकोटका सोमलाल गोपाली, मातातीर्थका साहिल गोपाली र मकवानपुर दामनका मनोज दोङ तामाङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *