Political Hightlights

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

हिमालय टिभी
२०७८ असार २२ गते १७:०२
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

२२ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला प्रचण्डले नेपाल निवास कोटेश्वर पुगेर भेटवार्ता गर्नुभएको हो ।

पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिएर काठमाडौं फर्किएका प्रचण्ड विमानस्थलबाट सिधै नेपाल निवास कोटेश्वर पुग्नु भएको हो ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच भेट भएको तर कुराकानीका बारेमा भने जानकारी नभएको बताउनु भयो ।

एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गरेको भन्दै नेता नेपाल प्रचण्डसहितको विपक्षी गठबन्धनमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्