Main News

सार्वजनिक यातायात सञ्चालनसँगै उपत्यकामा बढ्यो चहलपहल (फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ असार २२ गते १४:२५
सार्वजनिक यातायात सञ्चालनसँगै उपत्यकामा बढ्यो चहलपहल (फोटो फिचरसहित)

२२ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागू हुनेगरी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमताभन्दा कमका सवारी साधनलाई पनि सञ्चालन अनुमति दिएपछि आजदेखि सबै किसिमका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन् ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनले सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्तसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी साधनको जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालनको अनुमति दिएको हो । तर उपत्यकाबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधन अझै सञ्चालन अनुमति दिइएको छैन ।

जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा माथिका सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएपछि त्यसभन्दा कम सिट हुने ट्याम्पो, माइक्रोबस व्यवसायी तथा तीनमा कार्यरत मजदुर संगठनहरुले विरोध गर्दै आएका थिए । व्यवसायी र मजदुर संगठनको दबाबपछि प्रशासनले मातहतका निकायमा परामर्श गरेर स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनको अनुमति दिएको हो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *