Political Hightlights

प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय सभामा ‘कालो झण्डा’ प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २१ गते १४:४५
प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रिय सभामा ‘कालो झण्डा’ प्रदर्शन (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कालो क्याप प्रदर्शन गर्दै राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनको विरोध गर्नुभएको छ ।

सडक आन्दोलन गर्ने अवस्था नरहेको र सदनमा कालो झण्डा प्रदर्शन गर्न नमिल्ने भन्दै राष्ट्रिय सभा बैठकमा विरोध स्वरुप कालो क्याप प्रदर्शन गर्नुभयो ।

रायमाझीले कोट पनि कालो नै लगाउनुभएको थियो । संसदभित्र सांसदहरूले क्याप लगाउनुलाई मर्यादित नमानिने भएपनि रायमाझीले योजनाअनुसार नै त्यसो गरेको बताउनुभयो ।

रायमाझीले प्रधानमन्त्री केपी ओलीले निरंकुश ढंगले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभयो ।

बैठकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहालले एमालेकै नेपाल–खनाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकोमा कडा आपत्ति जनाउनुभयो । नेपाल–खनाल समूहको कामललाई दाहालले निर्लज्ज भन्नुभयो ।

दाहालले देउवा गलत तरिकाले प्रधानमन्त्री बन्न खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्