Main News

आज देशका अधिकांश भागमा मौसम सामान्यदेखि पूर्ण बदली हुने

हिमालय टिभी
२०७८ असार २१ गते ८:५४
आज देशका अधिकांश भागमा मौसम सामान्यदेखि पूर्ण बदली हुने

२१ असार २०७८ काठमाडौं । आज देशका अधिकांश भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भएको छ, भने प्रदेश १ का केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमाहल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जानकारी दिएको छ ।

आज राति भने देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *