राजनीति

नेपाल समूहप्रति अध्यक्ष ओलीको यस्तो आक्रोश, बैठकमा नआउनेलाई अब पर्खन नसक्ने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १८:४२
नेपाल समूहप्रति अध्यक्ष ओलीको यस्तो आक्रोश, बैठकमा नआउनेलाई अब पर्खन नसक्ने चेतावनी (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल समूहप्रति आज पनि चर्को आक्रोश पोख्नु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी पुरानै संरचनामा फर्किएको दाबी पनि गर्नुभयो ।

अहिलेकै अवस्थालाई २०७५ साल जेठ २ मा फर्किएको अर्थ लगाउँदै उहाँले अब यो भन्दा बढी गर्न नसक्ने बताउनुभयो । अब पनि बैठकमा नआउनेलाई पर्खिन नसकिने अध्यक्ष ओलीको चेतावनी छ ।

आफूहरुले लचक भएर एकताका लागि प्रयास गरिरहेको तर नेपाल–खनाल समूहले भ्रमको खेती गरिरहेको पनि अध्यक्ष ओलीले आरोप लगाउनुभयो । उहाँले ओहोदा र पदका लागि गर्ने बार्गेनिङ मान्य नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले र आफू नेतृत्वको सरकार कमजोर बनाउन विपक्षी गठबन्धन गठन भएको दाबी समेत गर्नुभयो ।

अध्यक्ष ओलीले विपक्षी गठबन्धनलाई असभ्य, छाडा र अश्लील भन्दै राष्ट्रपतिको मर्यादा समेत राख्न नसकेको आरोप लगाउनुभयो ।

एमाले बामपन्थी आन्दोलनको मूलधार भएको र लोकतन्त्रको रक्षा कवच भएको अध्यक्ष ओलीको दाबी छ ।

यसअघि हिजोको बैठकमा पनि अध्यक्ष ओ‌लीले पार्टीको नेपालखनाल समूह र विपक्षी गठबन्धनमाथि हमला गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्