Main News

धादिङ र गोरखामा पहिरोमा पुरिँदा चार जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७८ असार १९ गते १३:१०
धादिङ र गोरखामा पहिरोमा पुरिँदा चार जनाको मृत्यु, ६ जना घाइते

१९ असार २०७८ काठमाडौं । पहिरोमा परेर धादिङ र गोरखामा ४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोलामा ना ८ ख ४५४० नम्बरको ट्रकमा पहिरो खस्दा ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको छ ।

त्यस्तै सोही स्थानमा ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको पनि पहिरोले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

यस्तै गोरखाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ । ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर उहाँहरुको मृत्यु भएको हो ।

यसैबिच धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेमा निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल महेश खोलामा आएको बाढीले भाँचिएको छ । निरन्तरको वर्षापछि आएको बाढीले पुल भाँचिएको हो ।

गएराती महेशखोलाको स्वरुप परिवर्तन भई बाढी आउँदा थाक्रे गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ११ जोड्ने पक्की पुलमा क्षतिपुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *