Main News

मुख्य नेताहरुलाई अपमान गरेर पार्टी एकता नहुने एमाले उपाध्यक्ष गौतमको टिप्पणी

हिमालय टिभी
२०७८ असार १८ गते १६:१०
मुख्य नेताहरुलाई अपमान गरेर पार्टी एकता नहुने एमाले उपाध्यक्ष गौतमको टिप्पणी

१८ असार २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताउनुभएको छ ।

बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताउनुभयो ।

माधवकुमार नेपालसहितको एकता हुनुपर्नेमा गौतमले जोड दिनुभयो । एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने पनि गौतमले बताउनुभयो । केन्द्रीय कमिटी निर्वाचन हुँदा माधवकुमार नेपालसित जम्मा नौ जना कम रहेको र अहिले पनि स्थिति त्यही नै रहेको तर्फ उहाँले ओलीको ध्यानाकर्षण गर्नुभयो ।

एकता नभए सबै समाप्त हुने भन्दै गौतमले एकता हुँदा सबैभन्दा बढी फाइदा ओलीलाई नै हुने गौतमले दावी गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ ।

आफू भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ भन्दै गौतमले नेपालको कदमको आलोचना गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *