राजनीति

विपक्षी गठबन्धनले देशलाई अराजकतातिर लैजान खोजेको प्रधानमन्त्री ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १४:२९
विपक्षी गठबन्धनले देशलाई अराजकतातिर लैजान खोजेको प्रधानमन्त्री ओलीको आरोप (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनले देशलाई अराजकतातिर लैजाने खोजेको आरोप लगाउनुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको हो । राजनीतिक मुद्दालाई अदालत लगिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले एमालेभित्रको नेपाल–खनाल पक्षको पनि चर्को आलोचना गर्नुभयो । नेपाल–खनाल पक्ष पार्टीलाई ध्वस्त बनाउने काममा लागेको र उसका गतिविधि लोकतन्त्रमा हुनै नसक्ने खालका भएको ओलीले टिप्पणी गर्नुभयो ।

विपक्षी गठबन्धनका कारण कोभिड नियन्त्रणमा पनि समस्या परेको प्रधानमन्त्री ओलीको दाबी छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्