Political Hightlights

कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७८ असार १८ गते १३:२२
कांग्रेस पदाधिकारी बैठक बस्दै

१८ असार २०७८ काठमाडौं । क्रियाशील सदस्यता विवाद छानबिनका लागि नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

यसअघि आवश्यक तयारी नपुगेको जनाउँदै हिजो बस्ने भनिएको बैठक आज बस्नेगरी स्थगित गरिएको थियो।

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ। कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो ।

क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्यता वितरणमा भएको विवादका विषयमा छलफल हुने छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, अझै क्रियाशील सदस्यताकै विवाद समाधान हुन सकेको छैन ।

क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्