Main News

बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने

हिमालय टिभी
२०७८ असार १८ गते ९:०३
बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने

१८ असार २०७८ काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको भिसा सेवा आजबाट सञ्चालनमा आउने भएको छ ।

अध्यागमन विभागले यसअघि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको भए पनि आजबाट शुरु गर्ने निर्णय भएको जनाएको छ । आजबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा सहुलियतको सुविधा प्राप्त गर्न सक्ने पनि विभागले जनाएको छ ।

२०७८ वैशाख १५ सम्म वैध भिसा भएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबट निःशुल्क भिसा नियमित गरिनेछ ।नेपालमै रहन चाहने पर्यटकले भने २४ असार भित्र आवेदन गरेमा विलम्ब शूल्क र जरिवाना नलिई भिसा शुल्क मात्र लिएर नियमित गरिने विभागले जनाएको छ ।

२४ असारपछि आउने विदेशीको हाकमा भने भिसा शुल्क, विलम्ब शूल्क र जरिवानासमेत लाग्ने जनाइएको छ ।नेपाललमा एक जना पर्यटकले एक वर्षमा पर्यटक भिसामा बढीमा १५० दिन मात्र रहन सक्ने प्रावधान रहेको छ ।

तर, निषेधाज्ञा भएको समयलाई भने सरकारले पर्यटक भिसाको यो अवधिबाट छुट दिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *