Political Hightlights

एमालेको नेपाल-खनाल समूह भोलिको बैठकमा सहभागी नहुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १७ गते २०:४७
एमालेको नेपाल-खनाल समूह भोलिको बैठकमा सहभागी नहुने (भिडियो रिपोर्टसहित)

१७ असार २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले केन्द्रीय कमिटी नै अवैध भएको निष्कर्ष निकाल्दै भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै २० जना सदस्य थपिएकोमा नेपाल खनाल समूहले आपत्ति जनाएको छ । उक्त समूहका स्थायी कमिटी सदस्यको आज बसेको बैठकले भोली बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित संरचनामा फर्कन तयार नभएको निष्कर्ष समेत निकालेको छ । बैठकले केन्द्रीय कमिटीमा सदस्य थप्ने संस्थापनको निर्णय अवैध भन्दै पुरानै संरचनामा फर्कनुपर्ने अडान राखेको छ ।

यसअघि हिजो बसेको संस्थापन पक्षको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।

हिजोको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेकासहित ८ जनालाई स्थायी कमिटीमा र २० जनालाई केन्द्रीय कमिटीमा थपेको थियो ।

यसलाई संस्थापन पक्षले २०७५ साल जेठ २ को संरचनामा फर्किएको अर्थ लगाएको छ । तर नेपाल खनाल समूहले यसलाई ०७७ फागुन २८ भन्दा भन्दा पछाडी फर्कन अध्यक्ष ओली तयार नभएको भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *