एण्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश
२०७८ असार १७ गते ८:५३

१७ असार २०७८ काठमाडौं । एण्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
बेलायती खेलाडी मुर्रेले ओस्कार ओटलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाए । पहिलो सेट जितेपछि लगातार दुई सेट गुमाएका मुर्रेले त्यसपछिका दुई सेट जितेका थिए ।
उनले ओस्कारलाई ६–३, ४–६, ४–६, ६–४ र ६२ को सेटमा हराउन तीन घण्टा ५१ मिनेट लगाए । तेस्रो चरणमा ३४ वर्षीय मुर्रेले दशौं वरियताका क्यानेडीली खेलाडी २२ वर्षीय डेनिस सापोभालोभको सामना गर्नेछन् ।
यसअघि नै विश्व नम्बर एक नोभाक जोकोभिच पनि तेस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया