Main News

कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

हिमालय टिभी
२०७८ असार १६ गते १८:४७
कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

१६ असार २०७८ काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले उक्त आयोजनाबाट धार्मिक सांस्कृतिक सभ्यतामा खलल पुग्नुका साथै प्रभावित क्षेत्रका बासिन्दा उच्च जोखिममा पर्ने भन्दै आयोजना रोक्न आदेश मागेर रिट हाल्नुभएको हो ।

सर्वोच्च अदालत प्रशासनले सो रिटमा भोलिका लागि पेसी तोकेको छ ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकार र योजना आयोगको कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *