Main News
सरकारद्वारा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा
२०७८ असार १६ गते १८:११

१६ असार २०७८ काठमाडौं । सरकारले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले विक्रम सम्बत् १९ सय ७१ सालमा नेपाल–अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
विसं १८०२ सालमा लमजुङ जन्मिएका थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक हुनुहुन्थ्यो ।
गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रुपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि थापा नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न हुनुभएको थियो । योसँगै नेपालमा राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।
तस्वीरः सामाजिक सञ्जाल
प्रतिक्रिया