Main News

ठुला नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमालय टिभी
२०७८ असार १६ गते १३:१९
ठुला नदीमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

१६ असार २०७८ काठमाडौं । नारायणीसहित देशभरका केही मुख्य नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता जारी गरिएको छ ।

आज नारायणी, तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदी, त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी, मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै पश्चिम राप्ती, बबईमा सामान्य बढ्ने अनुमान छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भई बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अहिले कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।

आज प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी ठुला तथा स–साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *