Main News

लोक सेवा आयोगले लिने सबै परीक्षा साउन १५ गतेदेखि सञ्चालन हुने

हिमालय टिभी
२०७८ असार १६ गते ७:३०
लोक सेवा आयोगले लिने सबै परीक्षा साउन १५ गतेदेखि सञ्चालन हुने

१६ असार २०७८ काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सबै परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएका हुन् । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए ।

आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए ।

गत आर्थिक वर्ष २०७६–७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *