श्रीमान हत्याका अभियोगमा श्रीमती र छोरा पक्राउ

Himalaya Television
२०७८ असार १६ गते ६:२५

श्रीमान हत्याका अभियोगमा श्रीमती र छोरा पक्राउ

१६ असार २०७८ बर्दिया । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेकी छन् ।

अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुकोे जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो ।

सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs