त्रिशुलीमा ट्रक खस्यो, खोजी कार्य जारी

हिमालय टिभी
२०७८ असार १५ गते १७:१३
त्रिशुलीमा ट्रक खस्यो, खोजी कार्य जारी

१५ असार २०७८ धादिङ । वीरगञ्जबाट काठमाडौंका लागि छुटेको एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।

ना ३ ख ८०७४ नम्वरको ट्रक आज विहान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौँदी ज्यामिरे घाटबाट त्रिशुली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ।

ट्रकमा चालक बाहेक अरु को को थिए भन्ने यकिन नभएको र ट्रकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। नदीको बहाव निकै ठूलो भएकाले ट्रक नदीले बगाएर बेपत्ता भएको छ । तस्वीरः सांकेतिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *