कोरोनाविरुद्धको एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भए पनि समस्या नहुने
१५ असार २०७८ काठमाडौं । कोरोना भाइरसविरुद्धको एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउन ढिला भएपनि समस्या हुने विज्ञले बताएका छन् ।
अक्सफोर्ड–एष्ट्राजेनेकाद्वारा विकसित खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यो प्रभावकारी हुने खोप उत्पादनमा संलग्न एक विज्ञले बताएका छन् ।
अक्सफोर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले दोस्रो मात्रा लगाउन ढिलो भएपनि भाइरस प्रतिरोधी प्रणाली कमजोर नहुने बताए ।
ढिला गरी खोप लगाउँदा रोग प्रतिरोधी प्रणाली अझै दिगो बन्नेसमेत उनको दाबी छ । ५० वर्षमाथिकालाई दोस्रो डोज लगाउन केही ढिला भएपनि प्रतिरोधी क्षमतामा असर नपर्ने उनको जिकिर छ। तर खोपको दोस्रो मात्रा लगाउनु उत्तम हुने उनले बताए ।
खोप डेल्टा र अल्फा भेरिएन्टमा पनि प्रभावकारी देखिएको बताए । नेपालमा झण्डै १४ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा पर्खिरहेको कोभिशिल्ड खोप पनि यही कम्पनीले विकास गरेर भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
प्रतिक्रिया