Main News

हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको टहरो महानगरपालिकाले भत्कायो

हिमालय टिभी
२०७८ असार १४ गते १९:०२
हाम्रो टिम नेपालले प्रयोग गर्दै आएको टहरो महानगरपालिकाले भत्कायो

१४ असार २०७८ काठमाडौं । हाम्रो टिम नेपालले निशुल्क वितरण गर्नका लागि खाना पकाउन प्रयोग गर्दै आएको अनामनगरको टहरो काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

प्रहरीको सहयोगमा हाम्रो टिम नेपालका स्वयम् सेवकलाई पक्राउ गर्दै महानगरले टहरा भत्काएको हो । हाम्रो टिम नेपालले सार्वजनिक जग्गामा टहरा बनाएकाले भत्काएको महानगरको दाबी छ ।

निषेधाज्ञाको समयमा भोकभोकै परेका विपन्न नागरिकलाई लाई खाना खुवाउन हाम्रो टिम नेपालले अनामनगरको खाली जग्गा प्रयोग गर्दै आएको थियो ।

प्रहरीले हस्तक्षेप गर्दा विरोधमा उत्रिएका टिमका १८ जनालाई पक्राउ गरिएको छ । महानगरले विपन्न नागरिकलाई आफुले कुनै सहयोग गरेको छैन । तर यसरी निशुल्क खाना खुवाउने सामाजिक संस्थालाई भने खेद्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *