चट्याङ लागेर महोत्तरीमा दुई जनाको मृत्यु
२०७८ असार १४ गते १८:०६

१४ असार २०७८ काठमाडौं । महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
आज बिहान परेको चट्याङले मनरा महोत्तरीको सिस्वा नगरपालिका ५ कटैया का ८० वर्षीय विश्वेश्वर राय र वड़ा न ४ सारा टोल बस्ने ५० वर्षीया प्रेम शिला देवी मण्डलको मृत्यु भएको हो ।
मृतक रायको गाउँकै दश्चिणतर्फको खेतमा भैंसी चराउने क्रममा चट्याङ् लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मण्डललाई खेतको धानको विऊमा मल छर्दै गर्दा चट्या लागेको प्रहरीले जनाएको हो ।
प्रतिक्रिया