विदेश

अमेरिकाको प्यासिफिक उत्तरपश्चिम र क्यानडामा तातो हावाका कारण जनजीवन अस्तव्यस्त

हिमालय टिभी
२०७८ असार १४ गते ८:२०
अमेरिकाको प्यासिफिक उत्तरपश्चिम र क्यानडामा तातो हावाका कारण जनजीवन अस्तव्यस्त

१४ असार २०७८ न्युयोर्क । अमेरिकाको प्यासिफिक उत्तरपश्चिम र क्यानडाका विभिन्न क्षेत्रमा अध्याधिक तातो हावाको कारण जनजीवन अस्तव्यस्त भएको छ ।

तातो हावाका कारण क्यालिफोर्निया र ओहायो राज्य पनि प्रभावित भएको छ । राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तापमान ५० डिग्री सेल्सियस जान सक्ने चेतावनी दिइएको छ ।

सियाटलमा ३८ डिग्री सेल्सियस मापन गरिएको छ । ओरेगनको केही शहरमा तातो हावाले ज्यानै जान सक्ने भन्दै स्थानीयलाई सचेत रहेन आग्रह गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु समेत खोलिएको छ । अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानलले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ ।

क्यानडा, ब्रिटिस कोलम्बियामा शनिवार तापमान ४३ डिग्री सेल्सियसमाथि मापन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *