एमालेले बोलायो दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक (भिडियो रिपोर्टसहित)
१३ असार २०७८ काठमाडौं । नेकपा एमालेले असार १६ गतेका लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
महाधिवेशन आयोजक कमिटीले कर्णाली प्रदेशका चार जना सांसदलाई कारवाही गर्ने र महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेशलाई एमालेले त्रुटिपूर्ण र गम्भीर भनेको छ ।
उहाँले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको पनि बताउनुभयो ।
प्रवक्ता ज्ञवालीले आफुहरु एकताको पक्षमा रहेपनि नेपाल खनाल पक्ष पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउन लागेकाले एकताको पक्षमा नरहेको बताउनुभयो ।
प्रतिक्रिया