Main News

जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने

हिमालय टिभी
२०७८ असार १३ गते ९:०५
जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने

१३ असार २०७८ काठमाडौं । नोबेल कोरोना भाइरसको महामारी (कोभिड–१९) कार कारण स्थगित भएको राष्ट्रिय जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने भएको छ ।

स्थगित भएको जनगणना कसरी शुरु गर्ने वा नगर्ने भन्ने बारेमा छलफल गर्न योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहेको राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।

अर्थ, गृह, प्रधानमन्त्री कार्यालय, शिक्षा, वित्त आयोग, राष्ट्रिय योजना आयोगका सचिव र जनसंख्या शास्त्र, तथ्याङक शास्त्रका एक÷एक जना विज्ञसहितको समितिले जनगणना गर्ने नगर्ने विषयमा निर्णय गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने समितिका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्बाट सिफारिस पारित भएमा साउन र भदौभित्रमा गणना सक्ने लक्ष्य तथ्याङ्क विभागले राखेको छ । ९० प्रतिशत काम सम्पन्न गरी सकेको जनाउदै आजको बैठक र मन्त्रिपरिषद्ले दिएको निर्णयअनुसार काम अघि बढाउने पक्षमा विभाग रहेको छ ।

यसअघि केन्द्रीय तथ्याङ्क विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिने तालिम दिइसकेको छ भने दुई दिनको तालिम दिन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *