कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन बुझाउने म्याद थप
१२ असार २०७८ काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी असार २० गतेसम्म रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो ।
यसअघि रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो। चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पोखरेलले जानकारी दिनुभयो।
बोर्डले जारी गरेको सूचनाअनुसार रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय रुपैयाँ लाग्ने छ ।
रजिष्ट्रेशन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया