Main News

प्रधानमन्त्रीद्वारा सिन्धुपाल्चोकमा विपत् व्यवस्थापन तत्काल अघि बढाउन निर्देशन

हिमालय टिभी
२०७८ असार ११ गते १४:५६
प्रधानमन्त्रीद्वारा सिन्धुपाल्चोकमा विपत् व्यवस्थापन तत्काल अघि बढाउन निर्देशन

११ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्य प्रभावकारी रुपमा अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकको विपत्ति प्राकृतिक संकट भएको भन्दै यसमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्न सरकारको ध्यान पुगेको पनि बताउनुभयो ।

उहाँले बाढीको पूर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत सरोकारवालालाई निर्देशन दिनुभयो ।

ज्ञापन पत्र बुझाउँदै बागमती प्रदेश कमिटिका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *