Main News
वरिष्ठ साहित्यकार बैरागी काँइला अस्वस्थ, ओम अस्पतालमा उपचार हुँदै
२०७८ असार ११ गते १३:०८

११ असार २०७८ काठमाडौं । साहित्यकार बैरागी काँइला सिकिस्त बिरामी भएर चाबहिलको ओम अस्पताल भर्ना हुनु भएको छ ।
सुकेधारा निवासमा बसेर मोबाइल हेर्दै गरेका बेला उहाँ सोफाबाट उठ्न खोज्दा ढल्नुभएको थियो । त्यसपछि उहाँलाई ओम अस्पताल लगिएको हो ।
उहाँको अहिले ओम अस्पतालमा नै उपचार चलिरहेको छ । अस्पतालका अनुसार उहाँको शरीरको आधा भाग चल्न छाडेको छ ।
पत्नी र एक छोरीसहित सुकेधारामा बस्दै आएका बैरागी काँइला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुनुहुन्छ । उहाँले इन्द्रबहादुर राई, ईश्वर वल्लभलगायतसँग मिलेर तेस्रो आयाम साहित्यक आन्दोलन चलाउनुभएको थियो ।
८२ वर्षे काँइलाले लिम्बू, नेपाली, अंग्रेजी शब्दकोश, मुन्धुम संकलनलगायत थुप्रै सिर्जना छन् । उहाँले २०७५ सालको जगदम्बा श्री पुरस्कार पाउनुभएको छ ।
प्रतिक्रिया