Main News
थप दुई हजार ४७४ मा कोरोना संक्रमण पुष्टि, थप २४ जनाको मृत्यु
२०७८ असार १० गते १९:०३
१० असार २०७८ काठमाडौं । नेपालमा थप दुई हजार ४७४ मा कोभिड–१९ मा पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २३५ जनाको पिसिआर तथा चार हजार ९९७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ५७७ र ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २४ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा सङ्क्रमितको निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया