कांग्रेसको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
२०७८ असार ९ गते १९:०४
९ असार २०७८ काठमाडौं । नेपाली काङ्ग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।
कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै अवरुद्ध गरेपछि बैठक असार ११ गते दिउँसो २ बजेसम्का लागि स्थगित गरिएको हो ।
सभामुख अर्जुनबहादुर थापाले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए ।
बजेटमा विनियोजित योजनामा कांग्रेसको आपत्ति छ । सत्तारुढ दलका सांसदले पनि पूर्वाधार विकासका योजनामा विचौलियाको चलखेल भएको आरोप लगाइरहेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेको छ । ।
प्रतिक्रिया