Main News

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु, २४२१ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार ९ गते १६:४६
कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु, २४२१ जना संक्रमित थपिए

९ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । २४ सय २१ संक्रमित थपिएका छन् ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि नै मृत्यु भएर छुटेका २९ जनाको विवरणसहित थप ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ । विगत केहीदिनयता संक्रमणदर स्थिर छ । तर मृत्यु हुनेको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन ।

पछिल्लो पटक ७ हजार ४ सय ६१ पीसीआर परीक्षणमा १५ सय ११ र ४ हजार ९ सय ५३ एन्टिजेन परीक्षणमा ९ सय १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ४ सय ९७ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ३ सय ४६, भक्तपुरमा ९४ र ललितपुरमा ५७ जना छन् ।

यस्तै थप ३५ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यस आधारमा सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० मा झरेको छ ।

७ सय ३४ जनाको आईसीयू र २ सय १३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *