लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

हिमालय टिभी
२०७८ असार ९ गते १५:१२
लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

९ असार २०७८ बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज सूचना टाँसेर स्थगित गरिएको छ । बैठक असार २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि असार ६ गते बसेको बैठक विपक्षी गठबन्धनले बहिष्कार गरेका थिए । विपक्षी गठबन्धनले सरकारको वैधताको प्रश्न उठाउँदै बैठक बहिष्कार गर्ने रणनीति बनाएपछि बजेटमाथिको छलफल प्रभावित भएको छ ।

विपक्षी गठबन्धनले सरकारको वैधता निर्क्यौल नभएसम्म छलफल अघि बढ्न नदिने अडान लिएको छ । गठबन्धनले सरकारमा सहभागी जसपाका ४ सांसदको सर्वोच्च अदालतमा चलिरहेको मुद्दा छिनोफानो नभएसम्म संसद बहिष्कार गर्ने बताएको छ ।

सरकार अल्पमतमा रहेको बताइरहेका विपक्षी चार दलले बजेट अघि नै सरकारको वैधानिकता प्रष्ट हुनुपर्ने माग समेत गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले वैशाख १९ गते अविश्वास प्रस्ताव छल्न राजीनामा दिएर पुन मुख्यमन्त्रीको सपथ लिएपछि वैधानिकताको प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *