विदेश
भारतमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी
२०७८ असार ९ गते ७:४७

९ असार २०७८ नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने स्वास्थ्य अधिकारीले बताउँदै आएका छन् । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ ।
भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको त्यहाँ विज्ञले बताउँदै आएका छन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने अभियान शुरु भैसकेको छ ।
प्रतिक्रिया