Main News

सरकारले राम्रो काम गर्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्री ओलीको आरोप

हिमालय टिभी
२०७८ असार ९ गते ७:४०
सरकारले राम्रो काम गर्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्री ओलीको आरोप

९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् हिजो २० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली अदालतप्रति आक्रोशित बन्नु भएको हो । अब अदालतले संसद पुनर्स्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीको विश्लेषण छ ।

हिजो राति बालुवाटारमा पदमुक्त मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले २५ जनाको मन्त्रिपरिषद हुँदा त काम गर्न हम्मे परिरहेको भन्दै अब चारजना मन्त्रीले कसरी सरकार चलाउने भनेर चिन्ता व्यक्त गर्नु भएको थियो ।

आफूले मधेसका नेताहरुलाई समेटेर संविधानअनुसार नै सरकार विस्तार गर्दा अदालतले रोक लगाइदिएको ओलीले गुनासो गर्नुभयो । उहाँले पदमुक्त मन्त्रीहरुलाई अदालतको आदेश ‘मान्दिनँ भन्न पनि नसक्ने भन्दै अब संसद पुनःस्थापना होलाजस्तो देखिँएको र त्यसपछिको परिस्थिति के हुन्छ हेरेर अघि बढ्ने बताउनुभयो । ​

पदमुक्त मन्त्रीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट नागरिकतासम्बन्धी अध्यादेश खारेज गरिदिएकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । संविधानमा भएको व्यवस्थालाई नै अध्यादेशमा राख्दा पनि अदालतले दुःख दिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *