Main News

शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने सरकारको निर्णय

हिमालय टिभी
२०७८ असार ८ गते २०:३३
शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने सरकारको निर्णय

८ असार २०७८ काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

भोलिसम्ममा तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब काठमाडौं(दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने छन् ।

काठमाडौं(इस्तानबुलमा साताको २, काठमाडौं(दुवई रुटमा समेत सातामा चार उडान हुने छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं(कुवेतमा साताको दुई, काठमाडौं(मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं( छेन्दु र ग्वाङझाओ रुटमा साताको एक(एक उडान हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *