Main News

सर्वोच्चको आदेश अप्रत्यासित भएको एमाले र जसपा ठाकुर समूहको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ८ गते १८:५२
सर्वोच्चको आदेश अप्रत्यासित भएको एमाले र जसपा ठाकुर समूहको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

८ असार २०७८ काठमाडौं । मन्त्रिपरिषद विस्तारलाई बदर गर्ने सर्वोच्च अदालतको कदमलाई सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले अप्रत्यासित भनेका छन ।

उनीहरुले अदालतको आदेशले राष्टिय राजनीतिमा गम्भीर नकारात्मक असर पार्ने प्रतिक्रिया दिएका छन् ।

हिमालय टीभीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशले देशको राजनीतिलाई जटिल दिशातिर धकेलेको बताउनुभयो ।

सर्वोच्चको आदेशबारे पार्टीको थप धारणा तय गर्न एमालेको बैठक बस्नेछ । जनता समाजवादी पार्टीका नेता एवं अदालतको आदेशले मन्त्रीपद गुमाएका लक्ष्मणलाल कर्णले अदालतलको आदेशले राजनीतिमा गम्भीर असर पर्ने बताउनुभयो । अदालतको आदेशमा असहमति रहे पनि मान्ने कर्णले बताउनुभयो ।

अदालतले ओली सरकारलाई काम चलाउ भनेकोमा कर्णले असहमति जनाउनुभयो ।

अदालतको पछिल्लो आदेशका विषयमा पार्टीभित्र छलफल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *