Main News

अब निजी अस्पतालमा उपचार गर्ने संक्रमितको उपचार खर्च सरकारले नतिर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ८ गते १८:४७
अब निजी अस्पतालमा उपचार गर्ने संक्रमितको उपचार खर्च सरकारले नतिर्ने (भिडियो रिपोर्टसहित)

८ असार २०७८ काठमाडौं । सरकारले अब निजी अस्पतालमा उपचार गर्ने कोरोना संक्रमितको उपचार खर्च नव्यहोर्ने भएको छ ।

यसअघि निजीसहित देशभरका ८६ अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने गरेको थियो । तर अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको निःशुल्क उपचार हुनेछ ।

निजी अस्पतालले सरकारले तोकेको शुल्क बिरामीसँगै लिएर कोरोना संक्रमतिको उपचार भने गर्ने छन् ।

कोभिड नाइन्टिनको उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्ममा भर्ना भएका संक्रमितको अबको १० दिनसम्मको उपचार खर्चको सोधभर्ना उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *