Main News
नेपालमा कोरोनाविरुद्धको खोप परीक्षणका लागि बाटो खुल्यो (भिडियो रिपोर्टसहित)
२०७८ असार ८ गते १८:१३

८ असार २०७८ काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप परीक्षण गर्न बाटो खोलेको छ ।
मन्त्रिपरिषदको बैठकले विदेशमा उत्पादन, अध्ययन र परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको हो । यसले नेपालमा खोप परीक्षणको बाटो खुल्ला भएको छ ।
नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
परीक्षण गर्ने देश वा उत्पादकले देश र जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने भएकाले अन्यथा लिन नहुने परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
नेपालमा यसअघि हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता खोपको परीक्षण भइसकेको छ । कोरोनाविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया