कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु, ४५२२ जना संक्रमित थपिए

८ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । ४५ सय २२ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमितको संख्या केहीदिनयताकै उच्च हो । तर यसमा धवलागिरी अस्पतालमा यसअघि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएर छुटेका संक्रमितको विवरण पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक १२ हजार २ सय ४ पीसीआर परीक्षण गर्दा ३७ सय ३ र ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण गर्दा ८ सय १९ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयको विवरणमा उल्लेख छ । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौंका ३ सय १० जना छन् ।
धवलागिरी अस्पतालमा म्याग्दीका १ सय ४८ र बागलुङका ६६ जनामा पनि संक्रमण पुष्टी भएको छ । पछिल्लो पटक थप ४ हजार ९ सय ५४ संक्रमणमुक्त भएका छन् । अब संक्रिय संक्रमितको संख्या ५२ हजार ६ सय ४८ मा झरेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ । ७ सय ६१ संक्रमितको आइसीयु र २ सय १८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया