Main News

सवारी चालक अनुमतिपत्र वितरण शुरु

हिमालय टिभी
२०७८ असार ८ गते १३:४०
सवारी चालक अनुमतिपत्र वितरण शुरु

८ असार २०७८ काठमाडौं । कोरोना महामारीका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण पुनः आजदेखि शुरु भएको छ ।

यातायात व्यवस्था कार्यालयले सूचना प्रकाशित गरी लामो समयदेखि रोकिएको लाइसेन्स वितरण फेरि शुरु भएको जनाएको हो।

कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको लाइसेन्स नवीरकरण, नयाँ ट्रायल, राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण लगायत पुनः शुरु भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *