बागलुङमा विवाह भोजमा सहभागी ३५ जनामा कोरोना संक्रमण पुष्टि
२०७८ असार ८ गते ८:०४

८ असार २०७८ बागलुङ । बागलुङ नगरपालिका–३ मा विवाह भोजमा सामेल भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि एक विवाहमा सहभागी भएकामा, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ५० जनाको धौलागिरि अस्पतालको पीसीआर प्रयोगशालामा स्वाब परीक्षण गर्दा ३५ जनामासंक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितहरु प्राय होम आईसोलेशनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
जिल्लामा यसअघि बिवाह, ब्रतबन्ध, चौरासी पूजाजस्ता कार्यले कोरोना संक्रमण ह्वात्ते बढेको थियो ।
प्रतिक्रिया