Political Hightlights

पार्टी छाडेकालाई साधारण सदस्यबाट हटाउने माओवादी केन्द्रको निर्णय

हिमालय टिभी
२०७८ असार ७ गते १२:५३
पार्टी छाडेकालाई साधारण सदस्यबाट हटाउने माओवादी केन्द्रको निर्णय

७ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको भर्चुअल बैठकले पार्टी छाडेकालाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीबाट चुनाव जितेर एमाले पसेका विभिन्न स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई कारबाही गरिएको छ ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिबैठकले दल त्याग गरेकालाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

त्यसै अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

केन्द्रीय सदस्य युवराज दुलालले पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यलाई निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको जानकारी दिनुभयो । माओवादी नेता देव गुरुङले पार्टी छोडेकालाई कारबाही गर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनि निर्वाचन आयोगलाई ताकेता गर्ने जानकारी दिनुभयो ।

पार्टीबाट हटाइएका नेताका बारेमा दल त्यागको सूचना प्रकाशित नगरेको भन्दै अस्ति माओवादी नेताले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

बैठकमा पार्टीको केन्द्रीय कमिटी सदस्य थप गर्ने बारे पनि छलफल भएको छ । माओवादी केन्द्रको दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्ने र त्यसमा ४० वर्ष मुनिका युवालाई प्राथमिकता दिने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्