विदेश
अमेरिकाको अलाबा राज्यमा आँधीका कारण दश जनाको मृत्यु
२०७८ असार ७ गते ८:१६

७ असार २०७८ न्युयोर्क । अमेरिकाको अलाबामा राज्यमा आँधीका कारण १८ वटा सवारी साधन जुध्दा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरु नौ महिनादेखि १७ वर्षसम्म रहेको बीबीसीले जनाएको छ । पाँच जना घाइते भएका छन् । आँधीहुरी र चिप्लो सडकमा सवारी साधनले नियन्त्रण गुमाउंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अलाबाको इस्काम्बीय काउन्टीमा समुद्री आँधीका कारण कम्तिमा ५० भन्दा बढी घर ध्वस्त भएको छ ।
प्रतिक्रिया