Main News

मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नारासहित विश्व योग दिवस मनाइँदै

हिमालय टिभी
२०७८ असार ७ गते ७:५३
मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नारासहित विश्व योग दिवस मनाइँदै

७ असार २०७८ काठमाडौं । मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा पनि विश्व योग दिवस मनाइँदैछ ।

जुन २१ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन्।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ। योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले आज भर्चुअल माध्यमबाट विविध कार्यक्रम आयोजना गर्ने भएका छन्। यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरीलगायत सकारात्मक गुणको विकास हुने विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *