Main News

बाढीले सबैभन्दा धेरै क्षति पुगेको हेलम्बूमा राहत लैजानै मुश्किल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते १९:०५
बाढीले सबैभन्दा धेरै क्षति पुगेको हेलम्बूमा राहत लैजानै मुश्किल (भिडियो रिपोर्टसहित)

६ असार २०७८ हेलम्बू । असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकामा राहत लैजान समस्या भएको छ ।

मेलम्ची नगरपालिका केही ठाउँ र हेलम्बूका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री लैजान समस्या भएको हो ।

हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनर्स्थापनाको काममा सजिलो हुने बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार नीति लागू गरेको छ । जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा राखिएको छ ।

हेलम्बू गाउँपालिकामा लैजान भनि दाताले ल्याएको राहत सामग्रीसमेत मेलम्चीमा नै रोक्ने गरिएको छ । हेलम्बूमा भने हेलिकोप्टरबाट पुर्‍याइएका सामग्रीको मात्रै भर पर्नु पर्दा पीडितले आधारभूत आवश्यकताका सामग्री समेत पाउन सकेका छैनन् ।

बाढीले हेलम्बू गाउँपालिका भित्रका ६ वटा झोलुङ्गे पुल र ३ वटा पक्की पुल पूर्ण क्षति भएको छ । बाँकी रहेको एउटा रातोपुल समेत उच्च जोखिममा छ । बाढीले अझै कटान गर्न छाडेको छैन ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *