उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

६ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका बारेमा छलफल गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ।
दिउँसो ४ बजे बस्ने काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको समयावधी र मोडालिटीबारे निर्णय गर्नेछ ।
उनीहरुले सरोकारवाला निकाय स्वास्थ्य, सुरक्षा, निजी क्षेत्रसँग पनि छलफल गर्नेछन् ।
उपत्याकासहित देशका धेरै जिल्लामा लागू गरिएको निषेधाज्ञा भोलि रातीदेखि सकिँदैछ। केही जिल्लामा भने असार १५ गतेसम्मै निषेधाज्ञा लागू गरिएको छ।
काठमाडौं उपत्याकामा अबको निषेधाज्ञा मोडालिटी परिवर्तन गरेर पहिलेभन्दा खुकुलो बनाइ कम्तिमा एक हप्ता थप्ने तयारी छ ।
कोरोना महामारीको दोस्रो लहर शुरु भएयता काठमाडौं उपत्यकामा गत वैशाख १६ गते शुरु गरिएको निषेधाज्ञाको अवधि पटकपटक थपिइरहेको छ।
प्रतिक्रिया