Political Hightlights

आफ्नो उम्मेद्वारीमा सहयोग गर्न बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग देउवाको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ६ गते १३:१३
आफ्नो उम्मेद्वारीमा सहयोग गर्न बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग देउवाको आग्रह (भिडियो रिपोर्टसहित)

६ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार हुने भन्दै बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आफ्नै निवास बुढानीलकण्ठमा बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँगको छलफलमा देउवाले पार्टीलाई पूरानो अवस्थामा पुर्याएर विश्राम लिने भन्दै सहयोगको लागि आग्रह गर्नुभएको हो ।

पार्टी विधानले पनि दुई पटक उम्मेदवार हुन पाउने व्यवस्था अनुसार सभापतिको उम्मेदवार हुन देउवाले आकांक्षा राखेको र नेताहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छलफलमा सहभागी कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि प्रदेश १ र २ का नेतासँग छलफल गरेका देउवाले भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुहुनेछ । छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आउनु भएको छ ।

हिजो प्रदेश २ का नेतासँग छलफल गर्दा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा देखाउनु भएको थियो । तर देउवाले निधिलाई समर्थन नगर्ने संकेत गरेको एक नेताले बताए ।

देउवाले पार्टीमा बाँकी काम पुरा गर्न र देशको राष्ट्रिय राजनीतिक आवश्यकताका कारण आफू पुन सभापति हुन चाहेको बताउनुभएको छ। छलफलमा सहभागीले सभापतिका आकांक्षी र जिम्मेवार पदाधिकारीसँग सल्लाह गर्न सुझाव दिएका थिए ।

कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्